कोरोना नियन्त्रणामा अग्रसर कुमारी बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोरोना नियन्त्रणामा अग्रसर कुमारी बैंक



काठमाडौं । कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कंचनपुरल आफनो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्तकार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थितीमा कार्याक्रम गरिएको हो ।

बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरु भै चम्मनचौराहाबाट सब्जीमण्डी हुदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं. , ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी कार्यालयमै कार्यक्रम समापन गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरिएको थियो । मास्क नलगाई हिडेका विभिन्न व्यक्तिहरुलाई हजार थान मास्क तथा १५० थानहयान्ड स्यानीटाईजर वितरण गरेको थियो ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हातधुने जस्ता विविध सचेतना मुलक नारा लेखिएका व्यानर र प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि पूर्र्व साबधानीका सन्देश दिईएको थियो ।

सुदुरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि कार्यक्रम निकै उपयोगी हुने बताउनुभयो ।साथै आगामी दिनमा यस्ता खालका कार्यक्रम विभिन्न स्थानमा पनि गर्दै जाने बताउनुभएको थियो ।

कुमारी बैंक लिमिटेडको सुदुरपश्चिमप्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेको छ भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र१०८ ए.टि.एम. संचालनमा रहेको छ । साथै बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिद ैआएको छ ।

प्रकाशित : २७ भाद्र २०७७, शनिबार १८:११