पैसा ठिक पार्नुस३० लाख कित्ता आइपीओ आउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

पैसा ठिक पार्नुस३० लाख कित्ता आइपीओ आउदै छ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाललाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बोर्डले यस कम्पनीलाई ३० लाख कित्ता आईपीओ विक्री गर्न भदौ २४ गते अनुमति दिएको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम हुनेछ । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।

प्रकाशित : २५ भदौ २०७७, बिहिबार १७:३२ 10 September, 2020 5:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।