चालिस लाख ५० हजार कित्ता आईपिओ निष्काशन हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चालिस लाख ५० हजार कित्ता आईपिओ निष्काशन हुँदै



काठमाडाै । न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १५ लाख आयोजना प्रभावित स्थानीयलाई छुट्याईएको छ भने ३ लाख कित्ता कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि र वाँकी २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ ।

सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।

कम्पनीले लमजुङमा ३० मेगावाटको आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको हो ।

शेयर प्रत्याभुत कार्य गर्ने सम्बन्धी सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र

न्यादी हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले खरिद गर्ने छ ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलवार १९:४८