सरकारलाई राजस्व उठाउने चिन्ता ! तीन दिन सबै बैंकका शाखा र काउण्टर खोल्न राष्ट्रबैंकको परिपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सरकारलाई राजस्व उठाउने चिन्ता !
तीन दिन सबै बैंकका शाखा र काउण्टर खोल्न राष्ट्रबैंकको परिपत्र



काठमाडाै । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंंक तथा वित्तीय संस्थाहरुलाई भदौ २५ गतेसम्म राजस्व संकलन गर्ने सबै शाखा काउन्टर खुल्ला गर्न निर्देशन दिएको छ।

केन्द्रिय बैंकले भदौ २३, २५ र २५ गते राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको राजस्व संकलन गर्ने शाखा काउन्टर तथा बैंकको क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टर खोल्न निर्देशन दिएको हो।

निषेधाज्ञामा कारण सर्वसाधारणहरुले सहज रुपमा बैंकिङ सेवा लिन नपाए पनि सरकारले राजश्व बुझ्ने बेलामा भने सबै बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टरहरु खुल्ला गर्न निर्देशन दिइएको छ।

निशेधाज्ञामा बैंकहरुले सीमित शाखा कार्यलय खोलेर सेवा प्रदान गर्दे आएका थिए। सीमित शाखा मात्र खुल्दा खुलेका शाखाहरुमा सर्वसाधारणको भीड बढी भएर कोरोना संक्रमणको जोखिम बढे पनि यसतर्फ केन्द्रीय बैंक र अन्य निकायको ध्यान जान सकेको छैन ।

सरकारलाई राजश्व चाहिने बेलामा भने राजश्व संकलन गर्ने शाखा तथा काउण्टर अनिवार्य रुपमा ३ दिन खोल्न भनी गरिएको परिपत्रले सरकार कर उठाउन मात्र उद्दत रहेको प्रस्ट हुन्छ ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार १९:३६