७७ लाख कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

७७ लाख कित्ता बढी शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ७७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आइतबार २ कम्पनीको गरि कुल ७७ लाख ८३ हजार ४ सय ७६ दशमलव १९ कित्ता शेयर सुचिकृत भएको हो ।

प्रुडेन्शियल इन्स्योरेन्सको ६० प्रतिशतले हुन आउने ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर र शाईन रेसुंगा डेभलपमेन्ट बैंकको १५ प्रतिशतले हुन आउने ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : २१ भाद्र २०७७, आईतवार १५:१९