मेरो शेयरको माई पोर्टफोलियो सुविधा सुचारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेरो शेयरको माई पोर्टफोलियो सुविधा सुचारु



काठमाडा सिडीएस एण्ड क्लियरिङले प्राविधिक समस्याका कारण बन्द रहेको मेरो शेयरको माई पोर्टफोलियो सुविधा सुचारु गरेको छ। सिडीएस एण्ड क्लियरिङले शुक्रबारदेखि उक्त सुविधा सुचारु गरेको हो।

प्राविधिक समस्या देखिएको भन्दै सिडीएससीले उक्त सुविधा बुधबारदेखि बन्द गरेको थियो।

अब मेरोशेयर प्रयोगकर्ताहरुले माई पोर्टफोलियोमा हुने सुविधा नियमित रुपमा प्राप्त गर्न सकिने सिडीएससीले जनाएकाे छ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार ०७:५४