महालक्ष्मी विकास बैंकका ग्राहकलाई अब घरमै स्वास्थ्य सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अब घरमै स्वास्थ्य सेवा



काठमाडाै । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा। सुमन न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापकरसेयरधनीहरुले डाक्टर अन कल मार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापकरसेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३० प्रतिशत, फिजियोथेरापीमा अधिकतम ३० प्रतिशत, नर्स केयर सेवामा अधिकतम २० प्रतिशत, ल्याव टेष्टमा अधिकतम २० प्रतिशत, डाईटिसियन सेवामा अधिकतम ३० प्रतिशत, ड्रेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिशत, साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले देशभर १०२ वटा शाखाहरुबाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति समेत गरेको बैंकले जनाएको छ ।

प्रकाशित : १८ भाद्र २०७७, बिहीबार १९:४७