एनआईसी एशिया क्यापिटलको चौथो वार्षिक साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया क्यापिटलको चौथो वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडांंैमा सम्पन्न भएको सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले हुन आउने रु.३ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

साथै एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” र “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ । यसै गरि पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गर्न स्वीकृतिको लागि आवश्यक प्रकृयामा रहेको छ ।

प्रकाशित : १८ भाद्र २०७७, बिहीबार १६:०३