नागरिक लगानी कोषले मुद्दति निक्षेपमा साढे ४ अर्ब राख्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागरिक लगानी कोषले मुद्दति निक्षेपमा साढे ४ अर्ब राख्ने



काठमाडौँ । नागरिक लगानी कोषले मुद्दति निक्षेपमा साढे ४ अर्ब रुपियाँ राख्नका लागि ‘क’ वर्गका बैंकहरुसँग प्रस्ताव माग गरेको छ ।

कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ निक्षेप राख्नका लागि आज सार्वजनिक सूचना जारी गर्दै बैंकहरुसँग प्रस्ताव माग गरेको हो । इच्छुक वाणिज्य बैंकले २१ गतेसम्म प्रस्ताव बुझाइसक्नु पर्ने सूचनामा उल्लेख छ ।

बैंकहरुले आफूले लिन चाहेको रकम, भुक्तानी गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्नसक्ने समयावधी उल्लेख गरेर सिलबन्दी प्रस्ताव पेस गर्नु पर्ने कोषले सूचनामा उल्लेख गरेको छ ।

कोषका अनुसार एक वर्षदेखि २ वर्षसम्म उक्त रकम राख्न सकिने छ ।

प्रकाशित : १८ भाद्र २०७७, बिहीबार १२:०५