नबिल ब्यालेन्सड् र इक्वीटी फण्डको प्रतिफल वितरण गर्न भदौ २५ गते बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल ब्यालेन्सड् र इक्वीटी फण्डको प्रतिफल वितरण गर्न भदौ २५ गते बुक क्लोज



काठमाडौँ । नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको प्रतिफल वितरण गर्ने प्रयोजनका लागि भदौ २५ गते इकाई धनी किताब बन्द(बुक क्लोज) हुने भएको छ ।

नबिल इन्भेष्टमेन्टको सञ्चालक समितिको निर्णय अनुसार बुक क्लोज हुने भएको हो ।

गत भदौ १० गते सम्पन्न नबिल इन्भेष्टमेन्ट सञ्चालक समितिको बैठकले ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई इकाईसहित ९ प्रतिशत र इक्वीटी फण्डका इकाईधनीहरुलाई करसहित ६ प्रतिशत प्रतिफल दिने निर्णय गरिसकेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सबिर बादे श्रेष्ठले जनाएका छन् ।

प्रकाशित : १८ भाद्र २०७७, बिहीबार ११:५४