सिद्धार्थ बैंकको ग्रीन पिन सेवा सुचारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

सिद्धार्थ बैंकको ग्रीन पिन सेवा सुचारु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । सिद्धार्थ बैंकले ग्रीन पिन सेवा सुचारु गरेकोे छ । बैंकले भाद्र १५ गते देखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे जनाएको हो ।

यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन बैंकको कुनै पनि एटिएम वा नेप्स सदस्य रहेका केहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्ने छन् । यसरीे पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन आउने र प्राप्त ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्ने बैंकले जनाएको छ।

पिन परिवर्तन भएपछि, कार्ड सक्रिय हुने र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटिएम, पीओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटिएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्ने बैंकल जनाएको छ ।

यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केहि हद सम्म भएपनि कागजको प्रयोग कम गरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : १६ भदौ २०७७, मंगलबार ०८:१५ 1 September, 2020 8:15 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।