नेप्सेमा उछाल, लकडाउन यताकै सर्वाधिक कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा उछाल, लकडाउन यताकै सर्वाधिक कारोबार



सेयर बजार दाेहाेराे अंकले बढेकाे छ र कारोबार रकममा समेत चमक आएको छ । साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक २२.३१ अंकले बढेर एक हजार ४८४.९९ विन्दुमा पुगेकाे छ भने सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले बढेर २९८.३५ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ७७ लाख ६३ हजार ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ रुपैयाँको कारोबार भएकाे छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर घटेकाे छ ।

होटल समूहको परिसूचक ०.०५ प्रतिशत घटेको हो भने बैंकिङ समूहको ०.४१ प्रतिशत, व्यापारिक समूहको २.०६ प्रतिशत, विकास बैंकको ०.०९ प्रतिशत, जलविद्युतको ३.४३ प्रतिशत, वित्तको ०.१७ प्रतिशत, निर्जीवन बीमाको ३.२ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३.०४ प्रतिशत, अन्यको ४.१२ प्रतिशत, लघुवित्तको ०.३५ प्रतिशत, जीवन बीमाको २.८८ प्रतिशत र म्युचुअल फण्डको ०.७४ प्रतिशत परिसूचक बढेको हो ।

आज कारोबार भएका मध्ये ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ वटा कम्पनीले गुमाएका छन् । यसमध्ये ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार १७:०५