बिहिबार थप १ हजार १११ कोरोना संक्रमण पुष्टि,उपत्यकामा मात्र ३७७ संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बिहिबार थप १ हजार १११ कोरोना संक्रमण पुष्टि,उपत्यकामा मात्र ३७७ संक्रमित थपिए



काठमाडौं । बिहिबार थप १ हजार १११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमण पुष्टि भएकाे छ । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 27 August, 2020 4:37 pm