काठमाडाै । नेपाल राष्ट्र बैंकले एटिएम मेसिन प्रयोग गर्दा एटिएम कक्षको ढोका खुला राख्न अनुरोध गरेको छ । बैंकले एटिएम प्रयोग गर्दा ढोका खुल नै राखेर तथा पिन नम्बर अरुले नदेख्ने गरी आफ्नो शरीरले छेकेर अरुले नदेख्ने गरि थिच्न समेत आग्रह गरेको छ ।
एटिएममा धेरै मानिसहरुको आउँजाउँ हुने र हरेक पटक हरेक जनाले ढोका खोल्ने बन्द गर्ने गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकोले यस्तो ब्यबस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै बैंकले एटिएमको प्रयोग गर्दा एटिएम स्थलमा राखिएका टिस्यु पेपर र स्यानीटाईजरको अनिवार्य प्रयोग गर्न समेत भनेको छ ।
Comment