सेयर बजार उकालो तर्फ , २ अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजार उकालो तर्फ , २ अर्बको कारोबार



काठमाडाै । सेयर बजारको मापन गर्ने नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म २१.२६ अंकले बढेर बन्द भएको छ । कारोबार भएका १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर २७ हजार ५६६ पटक खरिद विक्री हुदाँ २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटेल बाहेक कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६२.८७ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि १५.८२ अंकले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी ६.९० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा छ्याङदी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यसको भाउ २.२५ प्रतिशतले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेका छन् ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार १७:३५