रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको ओइरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको ओइरो



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा ३.६० गुणा धेरै आवेदन परिसकेकाे छ । हालसम्म २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएकाे छ ।

क्यापिटलकानुसार आइतबार साँझसम्ममा ५ लाख ३ हजार ८०२ जनाले २ करोड ४ लाख १४ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ५६ लाख ७० हजार कित्ताको लागि हाे ।

साेमबारसम्म खुला रहने गरि ल्याइएकाे उक्त शेयर भदौ ४ गतेबाट १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । भोलिसम्म आवेदन दिने समय छ। आवेदकले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता पुँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार २१:४६