लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण



ओखलढुङ्गा / ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आएकाी थिइन् ।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेजिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उपाध्यक्ष ढुंगेलको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेका बताइएको छ । “स्वास्थ्यमा खासै समस्या नरहेको छैन । घरैमा बसेर आराम गरिरहेको छु । छिट्टै कोरोनालाई जितर गाउँपालिकाको काममा फर्किने छु ।” उनले भनिन् ।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङक्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको सङक्रमण देखिएको थियो । जिल्लामा अहिले दुई जना सक्रिय कोरोना सङक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।पुर्वेली न्यूजबाट

प्रकाशित : ७ भाद्र २०७७, आईतवार १५:२६