सनराइज बैंकले ल्यायाे महिलाहरुलाई गजबको अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकले ल्यायाे महिलाहरुलाई गजबको अफर



काठमाडौं । सनराइज बैंकले महिला ग्राहक लक्षित गर्दै सनराइज नारी बचत खाता सुरुवात गरेको छ । तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।

उत्सवको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा रहेको बैंकले जनाएको छ ।

त्यस्तै लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ । साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा दुई हजार रुपैयाँसम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे छ ।

विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार १७:५९