क्रिष्टल फाइनान्सको इजाजत्रपत्र खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

क्रिष्टल फाइनान्सको इजाजत्रपत्र खारेज



काठमाडाै । नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्सको इजाजत्रपत्र खारेज गरेको छ । विस २०६९ असोजमा वित्तीय अवस्था विग्रिएको भन्दै समस्याग्रस्त फाइनान्सका रुपमा घोषणा गरिएको क्रिष्टललाई वित्तीय प्रगति हासिल गर्न नसक्ने भएपछि बुधबार इजाजत नै खारेज गरिएको हो ।

बैंकले बुधबार एक विज्ञप्ति मार्फत गर्दै खारेजी गरीएको बारे जानकारी दिएको हो । २०६९ साल समस्याग्रस्त भएको कम्पनीको अवस्था सुदृढ हुननसकेपछि २०७१ बाट खारेजीको प्रक्रिया सुरु भएको थियो।

नेपाल राष्ट्र बैंकले २०७१ कात्तिकमा फाइनान्सलाई खारेज गर्न अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको थियो । अदालतले दुई वर्ष अघि नै खारेजीको आदेश दिए पनि आदेशको पूर्ण पाठ नआउँदा त्यो प्रक्रिया अघि बढ्न सकेको थिएन ।

सञ्चालक तथा व्यवस्थापनको मिलेमतोमा कम्पनीको वित्तीय घोटाला भएको, कर्जा दुरुपयोग भएको देखिएपछि राष्ट्र बैंकले कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

प्रकाशित : ४ भाद्र २०७७, बिहीबार १३:४१