कुलमानको कमालः नेपाल विद्युत प्राधिकरण ११ अर्ब ५ करोड नाफा कमाउन सफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कुलमानको कमालः नेपाल विद्युत प्राधिकरण ११ अर्ब ५ करोड नाफा कमाउन सफल



काठमाडाै । नेपाल विद्युत प्राधिकरणले ३५ औँ वर्ष पुरा गरेको छ। यस अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले प्राधिकरणका उपलब्धि र वाशालत सारवगनिक गर्दै केही प्रतिवाद्ता समेत गरेका छन्।

आ.व.०७६।७७ मा नेपाल विद्युत प्राधिकरणको खुद मुनाफा रु.११ अर्ब ५ करोड (कर अघि) रहेको छ । जुन अघिल्लो आ.व. ०७५।७६ को रु.९ अर्ब ८१  करोडको  तुलनामा  १२.६४  प्रतिशतले  बढी  छ । 

प्राधिकरणको आ.व.०७५।७६ सम्मको संचित नोक्सानी रु.१२ अर्ब २३ करोड रहेकोमा आ.व.०७६।७७ मा विगत वर्षको आय रु.६ अर्ब ४ करोडसहित संचित मुनाफा रु.४ अर्ब ८६ करोड आर्जन गर्न सफल भएको छ । आ.व.०७६।७७  मा  विद्युत  बिक्री  तथा  अन्य  आम्दानी  गरी  कुल रु.७७ अर्ब ८० करोड आम्दानी भएको छ । जुन गत आ.व.०७५।७६ को रु.७६ अर्ब २० करोडको तुलनामा २.०९५ ले बढी रहेको छ ।

नियमित विद्युत सप्लाई गर्न सकिएको काƒण विद्युत खपतमा वृद्धि भई विद्युत बिक्री बापतको आम्दानीमा वृद्धि हुन पुगेको हो । यद्यपी कोभिड–१९ ले विद्युत खपत र बिक्रीमा हुने अपेक्षित वृद्धिलाई प्रभावित गरेको प्राधिकरणले जनाएको छ । आ.व.०७६।७७ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको रु.५९ अर्ब २२ करोडको तुलनामा १.९५ ले न्यून अर्थात रु.५८ अर्ब ७ करोड रहेको छ ।

विद्युत खरीद बापत आ.व.०७५।७६ मा ३८ अर्ब ८९ करोड खर्च भएकोमा आ.व.०७६।७७ मा रु.३५ अर्ब १९ करोड मात्र खर्च भएको छ ।आ.व. ०७६।७७ मा अन्य आय बाहेकको प्राधिकƒणको आम्दानी रु.७३  अर्ब  ७६  करोडमा  सञ्चालन  खर्च  रु.५८  अर्ब  ६  करोड  कट्टा गर्दा  सञ्चालन  मुनाफा  रु.१५  अर्ब  ६९  करोड  हुन  आएकोे  छ ।  जुन आ.व. ०७५।७६ को सञ्चालन मुनाफा रु.१२ अर्ब ५ करोडको तुलनामा ३०.२१५ ले बढी रहेको छ । कुल  उपलब्ध  विद्युतमा  विद्युत  खरीदको  हिस्सा  ६०.९८ प्रतिशत  हेकोछ । विद्युत बिक्री बापतको खुद आम्दानी रु.६८ अर्ब ५३ करोड मध्ये ५१.३५५ रकम विद्युत खरीदमा खर्च भएको छ । आ.व. ०७५।७६ को तुलनामा विद्युत आयात घट्न गएकोले आ.व.०७६।७७ मा विद्युत खरीद बापतको खर्चमा ९.५१५ ले घट्न गएको प्राधिकरणले जनाएको छ ।

आ.व.०७६।७७ को अन्य सञ्चालन खर्च उत्पादन, रोयल्टी, प्रसारण र वितरणतर्फको क्रमशः रु.२ अर्ब ११ करोड, रु.१ अर्ब ५७ करोड, रु.२ अर्ब १५ करोड र  रु.९ अर्ब २५ करोड रहेको छ । आ.व.  ०७६।७७  मा  दीर्घकालीन  ऋणको  व्याज  आ.व.  ०७५।७६ को रु.३ अर्ब ९८ करोडको तुलनामा रु.४ अर्ब ७४ करोड पुगेको छ । त्यस्तै ह्रास कट्टी खर्च  अघिल्लो वर्षको रु.४ अर्ब ८५ करोडमा ३.०५५ ले वृद्धि भई ५ अर्ब पुगेको छ ।

विदेशी मुद्रा विनिमय तर्फको अघिल्लो वर्षको नोक्सानी रु.९० लाखमा वृद्धि भई रु.४३ करोड ६० लाख हुन पुगेको छ । अघिल्लो वर्षसम्मको पूँजिगत कार्यको लगानीमा  रु.५४  अर्ब  ६३  करोडले  थप  भई  आ.व.०७६।७७  सम्मको कुल पूँजिगत लगानी रु.१ खर्ब २४ अर्ब ४७ करोड पुगेको छ । उपदान, निवृत्तिभरण,  औषधि  उपचार  खर्च,  संचित  बिदा  जस्ता  कर्मचारीको दीर्घकालीन दायित्वका लागि रु.३ अर्ब ५० करोड छुट्टयाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : १ भाद्र २०७७, सोमबार १७:४३