माछापुच्छ्रे बैंकले चार्टड एकाउन्टेन्टहरुलाई सहज रूपमा कर्जा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले चार्टड एकाउन्टेन्टहरुलाई सहज रूपमा कर्जा दिने



काठमाडौं । माछापुच्छ्रेबैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । यस सम्बन्धमा बैंक र एक्यानबीच आईतबार सम्झौता भएको छ ।

द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गरिनेछ । सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्ले र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बास्तबिकतालाई मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी दिए ।

सम्झौता पछि संघका लगभग २४०० सदस्यहरु लाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । सम्झौता पछि माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

प्रकाशित : ३२ श्रावण २०७७, आईतवार २१:४४