कृषि विकास बैंकको यो विज्ञापन हेरेपछी सोध्न मन लाग्यो – कहाँ छ कृषि ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि विकास बैंकको यो विज्ञापन हेरेपछी सोध्न मन लाग्यो – कहाँ छ कृषि ?



काठमाडाै । नेपाल कृषि प्रधान देश हो । कृषि क्षेत्रको विकासका लागि धेरै बैंक तथा वित्तिय संस्थाले लगानी गर्ने मुलुकको मुहार फेर्ने गफ लाउछन् । तर कुरा शुन्य सहुलियत ब्याजदरको कृषि कर्जा पाउन प्रक्रिया पूरा गर्न झन्जटिलो प्राबधान बनाउने कृषि विकास बैंक ग्राहक बढाउने धाउन्नमा मात्रै केन्द्रित देखिएको छ ।

विकास गर्ने उद्देश्यले स्थापित बैंक हो कृषि विकास बैंक तर कृषि क्षेत्रमा सहयोगी पुग्ने उद्देश्यले आफ्ना योजनाहरु ल्याउनु पर्ने हो । तर बैंकको गतिविधीले बचत र ऋणको किन बेच गर्ने र ग्राहक बनाउने धाउन्नमा लागेको प्रस्ट देखिएको छ । हालै बैंकले प्रचारमा ल्याएको विज्ञापन कृषि क्षेत्रलाई हासोको पात्र बनाएको देखिन्छ ।

फेस बुक समाजिक सञ्जालमा समेत बैंकको विषयलाई लिएर टिक्का टिप्पणी सुरु भएको छ ।

हास्य कालाकार मनोज गुजुरेल अाफ्नो फेसबुकमा लेख्छन् – कृषि विकास बैंकको यो विज्ञापन हेरेपछी सोध्न मन लाग्यो – कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ? यसमा कहाँनीर छन् किसान ? कसरी सम्बोधन गरिएको छ कृषकलाई ? कि मैले नबुझेको हो ?😂

प्रकाशित : ३२ श्रावण २०७७, आईतवार ११:५९