कृषि विकास बैंकको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कृषि विकास बैंकको नाफा घट्यो



काठमाडाै । कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।कृषि विकास बैंकको खुद नाफा १७.२६ प्रतिशतले घटेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो आवको तुलनामा ७२ करोड ३५ लाख रुपैयाँले खुद नाफा घटाएर ३ अर्ब ४६ करोड रुपैयाँमा सीमित गरेको हो । अघिल्लो आवमा बैंकले ४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

गएको वर्ष बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ऋण परिचालन गरेको छ। बैंकले खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत न्यून अर्थात् ६ अर्ब २३ करोड रुपयाँ आर्जन गरेको छ। बैंकको सञ्चालन मुनाफा पनि १६ प्रतिशतले घटेको छ।

बैंकको वितरण योग्य नाफा भने १ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। ९ अर्ब ५५ करोड चुक्ता पुँजी भएको बैंकले गएको वर्षको नाफाबाट १७ प्रतिशत लाभांस दिनसक्ने छ। यद्यपी यो विवरण अन्तिम लेखापरीक्षण हुँदा तलमाथि हुनसक्छ।

२.७१ प्रतिशत खराब कर्जा भएको बैंकको कर्जा निक्षेप अनुपात ६६ प्रतिशत रहेको छ भने ९.२६ प्रतिशत आधार ब्याजदर छ। ब्याजको स्प्रेडदर भने ४.४४ प्रतिशत रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी ३२.८८ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४२.८८ रुपैयाँ थियो।

प्रकाशित : ३२ श्रावण २०७७, आईतवार ११:२९