कुमारी बैंकको लाभांश क्षमता कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको लाभांश क्षमता कति ?



काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी बैंकले आव २०७५।७६ मा एक अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा ७१ करोड रुपैयाँ कायम भएको छ ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा कुमारी एक्लैको नाफा एक अर्ब २३ करोड रुपैयाँ थियो। वितरण योग्य नाफा ७१ करोड २८ लाख रुपैयाँ मात्रै छ।

कोभिडले बैंकको कर्जा बिग्रिदा नाफामा असर गरेको बैंकले जनाएको छ। यसले बैंकको खराब कर्जा ०.९७ प्रतिशतबाट १.४१ प्रतिशत पुगेको छ। मर्जपछि कुमारीको निक्षेप ५९ प्रतिशतले बढेको छ भने कर्जा लगानी ५२ प्रतिशतले बढेको छ।

खुद ब्याज आम्दानी २६ प्रतिशतले बढेर तीन अर्ब ६३ करोड रुपैयाँ छ। पुँजी कोष अनुपात १४.४२ प्रतिशत छ। खराब कर्जा ०.९७ प्रतिशतबाट १.४१ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी दुई रुपैयाँ घटेर १२ रुपैयाँ छ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार २०:२०