महालक्ष्मी विकास बैंकले ४२ करोड रुपैयाँ नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकले ४२ करोड रुपैयाँ नाफा कमायो



काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ४२ करोड रुपैयाँ नाफा कमाएको छ । यद्यपी बैंकले आव २०७५/७६ मा भने ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कोरोना महामारीका कारण बैंक नाफा अघिल्लो वर्षको तुलनामा २३ करोड अर्थात ३५.३८ प्रतिशतले घटेको हो ।

बैंकको वितरण योग्य नाफा भने २० करोड रुपैयाँ रहेको छ । तीन अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ६.५१ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । महालक्ष्मीको प्रति सेयर आम्दानी १३.९५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५६.७८ रुपैयाँ छ ।

बैंकले गत आर्थिक वर्षमा ३६ अर्ब निक्षेप संकलन गरेर २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो आव २०७५÷७६ मा निक्षेप तर्फ ३० अर्ब र कर्जा लगानी कर्ता जम्मा २६ अर्ब रुपैयाँ मात्रै थियो । बैंकले गत आवमा एक अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

बैंकको स्प्रेड दर ४.३५ प्रतिशत, आधार ब्याजदर ९.९५ प्रतिशत, कस्ट अफ फण्ड ७.५२ प्रतिशत छ । बैंकको खराब कर्जा २.८० प्रतिशत र सीडी रेसियो ७३.५० प्रतिशत कायम छ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार २०:०४