ग्लोबल आइएमई बैंकमा टिक्लान त बज्राचार्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकमा टिक्लान त बज्राचार्य ?



काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ग्लोबल आइएमई बैंक अधिकांश सूचकका आधारमा नेपालकै ठूलो बैंक हो । दुई ठूला बैंकहरु ग्लोब आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको यस बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुंवरले गरीरहेका थिए ।

कुंवरले राजिनामा दिए पछि रिक्त रहेको सीईओ पदमा बज्रचार्यलाई लगिएको हो । बज्रचार्य लामो अनुभव भएका बैंकर हुन् । उनी यस अघि सनराइज बैंकको सीईओ थिए ।

सनराइज बैंक भन्दा अगाडि उनी ग्लोबल आइएमइ बैंककै प्रमुख कार्यकारी अधिकृत थिए । बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रमा करिव ४० वर्षको अनुभव छ । २० बर्षभन्दा बढी राष्ट्र बैंकमासमेत काम गरिसकेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट समेत हुन् ।

टिक्लान त बज्राचार्य ?

ग्लोबल आइएमइ बैंक सिइओ नटिक्ने बैंकमा पर्दछ । जहाँ अहिलेसम्म ६ जना प्रमुख कार्यकारी अधिकृत परिवर्तन भइसकेका छन् । हालै ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ परशुराम कुवँर क्षेत्रीले स्वास्थ्य समस्याका कारण राजिनामा दिए । उनी त्यहाँ नियुक्त भएको सात महिना नबित्दै राजीनामा दिएर बाहिरिएका हुँन ।

बैंक स्थापनाकालमा सुमन न्यौपाने सीइओ थिए । ४ वर्षे कार्यकालका लागि नियुक्ति भएका न्यौपाने २ वर्षमै राजीनामा दिएर हिँडे । त्यसपछि सीइओ बनेर आए अनिल ज्ञवाली । ज्ञवाली पनि २ वर्ष ४ महिनामै राजीनामा दिएर बाहिरिए । यसपछि रत्नराज बज्राचार्यलाई सीइओ बनायो । उनी बाहिरिएपछि फेरि अनिल ज्ञवाली ग्लोवलको सीइओ बनेर आए । दोस्रो पटक पनि ज्ञवाली पूरा कार्यकाल टिक्न सकेनन् । २ वर्ष नपुग्दै राजीनामा दिएर हिँडे । यस पछि जनक शर्मा पौड्याल सीइओ बने । उनी पनि १४ महिनामै राजीनामा दिएर बाहिरिए ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार १९:५४