सनराइज बैंकको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको नाफा घट्यो



काठमाडौं । सनराइज बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा नाफा १८.३५ प्रतिशतले घटेर १ अर्ब ३९ करोड २८ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष यस बैंकले १ अर्ब ७० करोड ६१ लख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष १ अर्ब ११ करोड ७७ लाख ४१ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा असार मसान्तसम्म आइपुग्दा ५२ लाख ९१ हजार २१ रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले सेयरधनीलाई ५२ करोड ९१ लाख रुपैयाँ लाभांश वितरण गर्न सकने देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात १.८६, सीसीडी ७१.३० र स्प्रेडदर ४.३७ प्रतिशत छ । बैंकले असारसम्म ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ७५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसैगरी सनराइजले ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ६८ अर्ब रुपैयाँ थियो ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार १३:४३