मेगा बैंकको पनि नाफा घट्यो , अरु सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकको पनि नाफा घट्यो , अरु सूचक कस्तो छ ?



काठमाडाैँ । मेगा बैंकको मूनाफा करिब ११ करोड रुपैयाँले गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

कोरोनाको कारण बैंकले प्रभाव गरेको कर्जाको बैंकको किस्ता उठ्न नसक्दा नाफा प्रभावित भएको बैंकले जनाएको छ । बैंकको किस्ता असुली गर्न नसक्दा ठूलै रकम रेगुलेटरी रिजर्भमा राख्नु परेको छ । सो कारणले गर्दा बैंकको वितरणयोग्य नाफा अझै कम छ । कोभिडका कारण कर्मचारी खर्च बढ्न जाँदा यसको असर नाफामा परेको हो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी ३ अर्ब ७९ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन मुनाफा भने २ अर्ब ३३ करोड रुपैयाँबाट घटेर २ अर्ब १५ करोड रुपैयाँमा झरेको छ ।


बैंकको कर्मचारी खर्च १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब २५ करोड पुगेको छ भने अन्य सञ्चालन आम्दानी ६२ करोड ९१ लख रुपैयाँबाट बढेर ६६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ३६ करोड रुपैयाँबाट बढेर १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १३ अर्ब ५१ करोड रुपैयाँबाट बढेर १७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी केही बढेको छ भने सञ्चालन नाफा घटेको छ । बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ । बैंकको आधार दर ८.३२ प्रतिशत छ भने स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार १३:२१