नेपाल रेमिट पनि नेपाल क्लियरिङ्ग हाउसमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल रेमिट पनि नेपाल क्लियरिङ्ग हाउसमा



काठमाडौं । नेपाल रेमिट इन्टर्नेशनल प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस (NPI)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु connectIPS e-Payment प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिनेछ जनाएकाे छ ।

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मार्फत तोकिएको समय सीमामा मध्यम र ठूलो मुल्यका भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस आबद्धतासँगै नेपाल रेमिटको बैंक खातामा आधारित रेमिटेन्स भुक्तानी सम्बन्धी सेवा प्रवाहमा उलेख्य सुधार आउने विश्वास गरिएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल उपलब्ध connectIPS /र NCHL-IPS काे सञ्जालमा क्रमश ५६ र ६४ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।

एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS र NPI प्रणालीहरु सञ्चालन गर्दै आएको छ । यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट, ललित मनि ट्रान्सफर र ईजीलिंक रेमिटेन्स गरी ८ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट, प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी÷ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु रहेका छन् ।

नेपाल रेमिट देशका मुख्य रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त यस कम्पनीले विदेशबाट नेपाल भित्रिने रेमिटेन्सहरु देशका विभिन्न भागहरुमा छिटो र छरितो तरिकाले पुर्याउने गर्दछ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार १३:१४