प्राइम कमर्सियल बैंकले २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकले २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमायो



काठमाडाै । प्राइम कमर्सियल बैंक लिमिटेड चौथो त्रैमाससम्ममा २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको असार मसान्तसम्म कमाएको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड ४० लाख १० हजार रुपैयाँ बढी हो।

अघिल्लो आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो।

खुद नाफासँगै बैंकको वितरण योग्य मुनाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रहेको यस्तो मुनाफा गत आर्थिक वर्षको अन्त्यमा बढेर १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

बैंकले ४ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब २७ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब १५ करोड ४ लाख रुपैयाँ र सञ्चालन मुनाफा १२ करोड ७ लाख १८ हजार रुपैयाँ बढेको हो।

१३ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ, शेयरधनी कोषमा १ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ र शेयर प्रिमियम ६ लाख ४४ हजार रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी भने २३ रुपैयाँ ६० पैसाबाट घटेर १६ रुपैयाँ ३९ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घटेको हो। बैंक प्रतिशेयर नेटवर्थ १४६.९१ रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १५.५५ गुणा रहेको छ।

१ खर्ब १९ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी, १ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको यस बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशत, कष्ट अफ फण्ड ७.१४ प्रतिशत, सिडी रेशियो ७४.५४ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र स्प्रेड ४.२२ प्रतिशत रहेको छ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार ०७:५६