प्रविधीमा माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट को भुक्तानी सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रविधीमा माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट को भुक्तानी सेवा



काठमाडौ । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेट बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंक लि.संग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वी च्याट वालेट बाट भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले फस्र्ट पे टेक्नोलोजी प्रा संगको सहकार्यमा उक्त वी च्याट वालेट संचालनमा ल्याएको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

प्रकाशित : २९ श्रावण २०७७, बिहीबार २१:४०