राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याजदर घटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याजदर घटायो



काठमाडाै । राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर घटाएको छ । बैंकको आधारदर ६ प्रतिशत भन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

कोभिडका कारण कर्जाको माग कम भएकोे र निक्षेपमा चाप नपर्दा लगानी योग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको श्रेष्ठको भनाई छ ।

यो सँगै नेपालको बैंकिङ क्षेत्रमा वाणिज्य बैकको व्याजदर सबैभन्दा सस्तो बनेको बैकको दाबी छ । बैंकको कर्जाको ब्याजदरमा स्थायित्व समेत रहेको बैंकले जनाएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता छ ।

हाल बैंकले सामान्य बचतमा ३ दशमलव ५ प्रतिशत, विशेष बचत, सनौलो बचत लगायतका बचत खातामा ५ प्रतिशत ब्याजदर दिइएको छ भने मुद्धती निक्षेप अन्तर्गत व्यक्तिगतमा ७ प्रतिशत देखि ७ दशमलव २५ प्रतिशत र संस्थागतमा ६ दशमलव ५ प्रतिशत देखि ६ दशमलव ६ प्रतिशत सम्म ब्याजदर रहेको बैकले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०७७, बिहीबार २०:१२