ग्लोबल आइएमई बैंक सञ्चालनमा ल्यायो नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंक सञ्चालनमा ल्यायो नयाँ शाखा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरूवात सँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ५९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यकासाथ ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गरेको छ।

सबैका लागि बैंक भन्ने नारालाई सार्थकता दिँदै बैंकले २० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : २९ श्रावण २०७७, बिहीबार ११:५३