एनआईसी एशिया क्यापिटलको साधारणसभा भदौ १८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया क्यापिटलको साधारणसभा भदौ १८ गते



काठमाडाै । एनआईसी एशिया क्यापिटलको चौथो वार्षिक साधारणसभा भदौ १८ गते हुने भएको छ ।

कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले सो साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले प्रस्ताव गरेको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने रहेको छ ।

उक्त साधारणसभा क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे हुने एनआइसि क्यापिटलले जानकारी दिएको छ ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार १३:५४