ज्योति विकास बैंकद्वारा आविष्कार केन्द्रलाई आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकद्वारा आविष्कार केन्द्रलाई आर्थिक सहयोग



काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेकाे हाम्रो विकास प्रवद्र्धन कोष मार्फत ८ लाख रुपैयाँ दिने गरी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा महावीर पुनले हस्ताक्षर गरेका छन् ।

बैंकले १० वटा बेबी वार्मर बनाउनको लागि सो रकम सहयोग गर्ने भएको हो । बैंकले सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलवार १२:१४