शेयर बजार दोहोरो अंकले बढेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजार दोहोरो अंकले बढेर बन्द



काठमाडाै । साेमबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ३७.७४ अंक अर्थात् २.७१ प्रतिशतले बढेर १,४३०.४१ मा पुगेकाे छ भने सेन्सेटिभ परिसूचक पनि ७.६३ अंकले बढेर २९८.६४ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९ सय २३ रुपैयाँको कारोबार भएकाे छ ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ । यो दिन नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भयो।

यसैगरी एनएमबी बैंकको ७ करोड ७९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड २५ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड ९२ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ५ करोड ३० लाख रुपैयाँ, एभरेस्ट इन्स्योरेन्सको ४ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ३६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ९६ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ३ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भयो।

साधना लघुवित्त र अजोड इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी घोडीघोडा लघुवित्त र एभरेस्ट इन्स्योरेन्सको शेयरमूल्य ८.७० र ८.५८ प्रतिशतले बढेको छ । , दिव्यश्वरी हाइड्रोपावरका शेयर ५.७० प्रतिशतले घटेर ४९.९८ रुपैयाँमा अन्तिम करोबार भएको छ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार १५:४२