मुक्तिनाथ विकास बैंकले शेयर धनीहरुलाई किन बोलायो ? यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकले शेयर धनीहरुलाई किन बोलायो ? यस्तो छ कारण



काठमाडाैं । मुक्तिनाथ विकास बैंकले लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई लिन आउन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०६८/६९, ०६९/७० र ०७०/७१ को लाभांश लिन आग्रह गरेको हो ।

बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौँ तथा शेयर रजिष्टार कार्यालय मुक्तिनाथ क्यापिटलमा सम्पर्क गरी लाभांश लिनको लागि बैंकले अनुरोध गरेको छ ।

शेयरधनीले आफ्नो शेयरधनी प्रमाणपत्र र पर्याप्त परिचयपत्र खुल्ने परिचयपत्र लिएर जानु पर्ने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार ११:२९