राष्ट्र बैंकको नयाँ निर्देशन -आलोपालो प्रणालीमा बैंकिङ सेवा दिनु, विधुतिय कारोबारलाई प्रोत्साहन गर्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

राष्ट्र बैंकको नयाँ निर्देशन -आलोपालो प्रणालीमा बैंकिङ सेवा दिनु, विधुतिय कारोबारलाई प्रोत्साहन गर्नु



काठमाडाै । नेपाल राष्ट्र बैंकले करोना भाइरस( कोभिड–१९) को संक्रमण बढ्दै गएको अवस्थामा थप सुरक्षा सतर्कतासहित बैंक तथा वित्तीय संस्थाहरूलाई बिजनेस कन्टिन्युटी प्लान बनाउन निर्देशन दिएको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रिय बैंकले कोरोना भाइरसको त्रास बढेको भन्दै राष्ट्रबैंकले आलोपालो प्रणालीमा बैंकिङ सेवा दिन भनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूलाई संचालन निरन्तरताको ठोस योजनासहित संस्था संचालनमा ल्याउन निर्देशन दिएको हो ।

कोरोनाको त्रास बढ्दै जाँदा बन्दाबन्दी, निषेधाज्ञा र सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा संचालन हुने हुँदा आलोपालो गरेर भए पनि वित्तीय सेवालाई निरन्तरता दिन निर्देशन दिएको हो ।

राष्ट्र बैंककाे सूचनामा जोखिमलाई मध्यनजर गर्दै ‘वर्क फ्रम होम’ नीति अवलम्बन गर्न भनेको छ । यस्तै प्रदेशमा रहेका शाखा कार्यालयहरूलाई भने प्रदेशको स्थानीय तह र स्थानीय प्रशासनको निर्णयअनुसार संचालन गर्न निर्देशन जारि गरेको छ ।

यसरी शाखा खोल्दा थोरैभन्दा थोरै मात्र कर्मचारीलाई उपस्थित गराई आलोपालो गरेर भए पनि भीड कम गर्न भनेको छ । यस्तै राष्ट्र बैंकले विधुतिय माध्यमबाट हुने कारोबारलाई समेत प्रोत्साहन गर्न निर्देशन जारि गरेको छ ।

प्रकाशित : २५ श्रावण २०७७, आईतवार १५:३७