एनआईबिएल सहभागिता फण्डले ८.२५ प्रतिशत प्रतिफल दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईबिएल सहभागिता फण्डले ८.२५ प्रतिशत प्रतिफल दिने



काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) ले ८ दशमलव २५ प्रतिशत प्रतिफल दिने भएको छ ।

यस योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको साउन २३ गते शुक्रवारको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को लागि कर सहित उक्त प्रतिफल दिने निर्णय गरेको हो ।

यस प्रतिफल प्रयोजनका लागि योजनाले साउन २३ गतेनै बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा साउन २२ गतेसम्म कायम इकाईधनीहरुले मात्र यो प्रतिफल प्राप्त गर्नेछन् ।

प्रकाशित : २५ श्रावण २०७७, आईतवार १२:५५