एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: अर्याल



काठमाडाै । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: रमेश राज अर्याल नियुक्त भएका छन् ।

बैंकको साउन १९ गते बसेको ८०२ औँ संचालक समितिको बैंठकले उनलाई दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी आगामी ४ वर्षको लागि नियुक्त भएका हुन् । उनको नयाँ कार्यकाल असोज १ गतेबाट लागू हुने छ ।

प्रकाशित : २२ श्रावण २०७७, बिहीबार १३:१३