होसियार,नक्कली अकाउन्ट खोली सहयोग माग्नेको बढ्यो भिड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

होसियार,नक्कली अकाउन्ट खोली सहयोग माग्नेको बढ्यो भिड



काठमाडाै ।पछिल्लो समय सोसियल मिडियाको दुरुपयोग गरेर सहयोग माग्नेको भिड बढेको छ । सोसल मिडियामा आएका गतिविधिलाई आधार मानेर बैंकहरुले समेत सहयोग गर्न थाले पछि

नेपाल बैंकर्स संघले सोसल मिडियामा प्राप्त भएको अनुरोधको आधारमा मात्र कुनै पनि व्यक्ति/कम्पनीको नाममा पैसा स्थानान्तरण नगर्न आग्रह गरेको छ।

पछिल्लो केही समयमा सोसियल मिडियाको प्रयोग गरी विभिन्न नक्कली अकाउन्ट खोली सहयोगको रुपमा पैसा माग्ने क्रियाकलापहरु भइरहेकोले सचेत रहन आग्रह गरेको हो।

कतिपय अवस्थामा अनाधिकृत अकाउन्टहरु छुट्टाउन गाह्राे हुने भएकोले सम्बन्धित व्यक्ति÷कम्पनीसंग प्रत्यक्ष रुपमा यकिन गरिसके पछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्न सचेत गराएको छ।

साथै,आफ्नो खाता सम्बन्धी विवरण,पिन नम्बर, मोबाइल÷इन्टरनेट बैंकिङ्ग सम्बन्धी विवरणहरु कसैसंग सेयर नगर्न आग्रह गरेको छ।

प्रकाशित : १८ श्रावण २०७७, आईतवार २२:२०