काठमाडौं । नेपालमा शुक्रबार २२४ जनामा कोरोना संक्रमण देखिएको छ।
२४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमलेजानकारी दिए।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १९ हजार ७७१ पुगेको छ। जसमध्ये १४ हजार ३९९ जना निको भएर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा मात्रै १५१ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ। यस्तै जना क्वारेन्टिनमा १२ हजार १११ रहेका छन्।
नेपालमा कोरोनाबाट हालसम्म ५६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ।
Comment