सगरमाथा इन्स्योरेन्सको साधारण सभा भदाै १३ गते, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सगरमाथा इन्स्योरेन्सको साधारण सभा भदाै १३ गते, यस्ता छन एजेन्डा



काठमाडाै । सगरमाथा इन्स्योरेन्सले २३औं वार्षिक साधारण सभा भादाैँ १३ गते बोलाएको छ। कम्पनीको संञ्चालक समितिको साउन १५ गते बसेको २८९ औं बैठक अनुसार भाद्र १३ गते बिहान १० बजे, शनिबार कम्पनीकाे प्रधान कार्यालय, भगवतीमार्ग, नक्साल, काठमाडौँमा साधारण सभा बोलाएको हो।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि निर्धारण गर्ने रहेको छ ।

त्यसैगरी, सभामा निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने पनि विशेष प्रस्ताव रहेकाे छ ।

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार १५:०३