राष्ट्रिय वाणिज्य बैंकका २१ शाखाको सेवा २५ घण्टाको लागि बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकका २१ शाखाको सेवा २५ घण्टाको लागि बन्द



काठमाडाै । राष्ट्रिय वाणिज्य बैंकका विभिन्न २१ शाखाको सेवा २५ घण्टाको लागि बन्द हुने भएको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गत रहेका २१ वटा शाखाहरुको सेवा साउन १६ गते शुक्रबार दिउँसो ३ बजेदेखि शनिवार १७ गते दिउँसो ४ बजेसम्म अवरुद्द हुने भएको बैंकले जानकारी दिएको छ ।

बैंकले आफ्नो कोर सफ्टवेयर अपग्रेड गर्न लागेकोले खाता, एटिएम, कार्ड, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग, कनेक्ट आईपीएस लगायत सबै सेवा बन्द हुने बैकले जनाएको छ ।

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार ११:१६