आरम्भ चौतारी लघुवित्तको अभौतिक शेयर शेयरधनीको हितग्राही खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरम्भ चौतारी लघुवित्तको अभौतिक शेयर शेयरधनीको हितग्राही खातामा



काठमाडाै । आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भएपछि साबिकका शेयरधनीलाई अभौतिक रुपमा शेयर जम्मा गरिएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट शेयरधनीको हितग्राही खातामा अभौतिक शेयर जम्मा गरिदिएको कम्पनीले जानकारी दिएको छ ।

दुवै संस्थाले १:१ शेयर स्वाप अनुपातमा असार २२ गते, साेमबारबाट एकीकृत कारोबार सुरू गरेका थिए ।

दुवै संस्थालाई मर्जर प्रक्रिया सम्पन्न गर्न नेपाल राष्ट्र बैंकले फागुन १८ गते, आइतबार ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे ।

प्रकाशित : १५ श्रावण २०७७, बिहीबार १४:५८