मेगा बैंकका कर्मचारीमा कोरोना पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकका कर्मचारीमा कोरोना पुष्टि



काठमाडाै । मेगा बैंकको धादिङबेसी शाखामा रहेको एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । त्यस शाखामा रहेका चालकलाई कोरोना पुष्टि भएको हो । धादिङबेसी नै घर भएका ४७ वर्षका उनलाई हाल धादिङबेसी कै आईसोलेसनमा राखिएको छ ।

ति कर्मचारीको आँखामा समस्या देखिएपछि शल्यक्रिया गर्न उनी काठमाडौँ स्थिति तिलगंगा अस्पताल पुगेका थिए । अस्पतालले शल्यक्रिया गर्नु अगाडी पीसीआर रिपोर्ट मागेपछि उनको स्वाब परिक्षण गरिएको थियो। उनको स्वाब साउन ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा हिजो बुधबार रिपोर्ट पोजेटिभ आएको धादिङबेसी शाखाका सूचना अधिकारी अभिषेक खनालले बताए ।

खनालका अनुसार उनी मेगा बैंकको केन्द्रीय कार्यालयमा पनि आउने जाने गरेका थिए । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बैंकका सबै सेवा तत्कालका लागि बन्द गरिएको खनालले बताए । उनका अनुसार त्यस शाखामा १५ जना कर्मचारी कार्यरत छन् । चालकलाई कोरोना पुष्टि भएपछि त्यहाँको अन्य कर्मचारीको आज परिक्षणको तयारी भईरहेको खनालले बताए ।

प्रकाशित : १५ श्रावण २०७७, बिहीबार १४:४९