कर्मचारीमा अनुशासनहीनता बढेको भन्दै टिकटक बनाउन प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्मचारीमा अनुशासनहीनता बढेको भन्दै टिकटक बनाउन प्रतिबन्ध



काठमाडाै ।केन्द्रिय बैंकले आफ्ना कर्मचारीमा अनुशासनहीनता बढेको भन्दै टिकटक बनाउन प्रतिबन्ध लगाएको छ । टिकटकमा कार्यालयका कर्मचारीहरु कार्यालयसमयमै मनोरञ्जन गर्न थाले पछि उक्त प्रकारको कार्यप्रति राष्ट्र बैंकको ध्यानाकार्षण भएको हो ।

राष्ट्र बैंकमा कार्यरत कर्मचारीले कार्यालयमै टिकटक बनाउने, बैंकका नीति तथा कार्यक्रममाथि सामाजिक सञ्जालमा अनावश्यक र नकारात्मक टिप्पणी गर्ने र आफूखुसी वेबनारमा भाग लिने क्रम बढेको भन्दै राष्ट्र बैंकले ध्यानाकर्षण पत्र नै जारी गरेको छ ।

अब वेबीनारमा भाग लिने र प्रस्तुतीकरण दिने, लाञ्छनायुक्त भाषा प्रयोग गरेर सामाजिक सञ्जालमा लेख्ने, टिकटक बनाउने जस्ता क्रियाकलाप गरेमा राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ अनुसार विभागीय कारबाही हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

वेबीनारमा भाग लिनु परेमा, प्रस्तुतीकरण दिनु परेमा, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जानकारी दिनु परेमा अनुमति लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार २१:०८