मेगा बैंकबाट एक करोडसम्मको कर्जा लिँदा ८ दशमलव ३२प्रतिशत ब्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकबाट एक करोडसम्मको कर्जा लिँदा ८ दशमलव ३२प्रतिशत ब्याज



काठमाडौं । मेगा बैंक नेपालले ग्राहकहरुलाई सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना संचालनमा ल्याएको छ । मेगा बैंकको आफनो १० औ बार्षिकोत्सवको अवसरमा आफना ग्राहकहरुलाई थप सेवा प्रदान गर्नका लागि आठ दशमलव ३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना संचालनमा ल्याएको हो ।

अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८ दशमलव ३२ ब्याजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर १ बर्षको अवधिसम्ममा नबढ्ने बैंकले जनाएको छ ।

साथै, आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको खण्डमा दुई दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था गरेको मेगा बैंकले जनाएको छ । मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ । कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार ०८:०७