लघुवित्तका ऋणी मालामाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लघुवित्तका ऋणी मालामाल



काठमाडाै । नेपाल राष्ट्र बैंकले लघुवित्तबाट ऋण लिएका ऋणीहरुलाई सहुलियत प्रदान गरेको छ । राष्ट्र बैंकले एक पटकको लागि बढीमा ६ महिनासम्म भुक्तानी अवधि थप गर्न सकिने ब्यबस्था गरेको हो ।

कोभिड–१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको साँवा र ब्याज रकमलाई ऋणीले सञ्चालन गरेको लघु उद्यम, पेशा, व्यवसायमा परेको प्रभाव, सुचारु हुन लाग्ने समय, ऋणीको आवश्यकता आदिको मुल्याङ्कन गरी २०७७ असोज मसान्तभित्र एक पटकको लागि बढीमा ६ महिनासम्म भुक्तानी अवधि थप गर्न सकिने ब्यबस्था गरेको हो ।

मौद्रिक नीति कार्यन्वयनको लागि मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो । यसरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्तभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यस्तो किस्ता रकम नियमितरुपमा भुक्तानी गर्ने ऋणीबाट लघुवित्तले कुनै प्रकारको पेनाल ब्याज÷ शुल्क÷हर्जाना÷ब्याजको ब्याज लिन पाईने छैन ।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार ०७:११