नेप्से घट्यो, एक अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से घट्यो, एक अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । मंगलबार नेप्से ७ दशमलव ५९ अंकले घटेर १ हजार ४५४ दशमलव ८९ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार एक अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा फाइनान्स र म्यूचिअल फण्डबाहेक अन्य सबै समूह नकारात्मक बन्न पुगेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी ५७.६१ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार १५:४३